काठमाण्डु– नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई सर्वोच्च अदालतले छाड्न अस्वीकार गरेको छ ।
सोमबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाले तत्काल रिहा गर्न आदेश दिन अस्वीकार गरेको हो।
अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै बास्तोलालाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश गरेको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचन बहिष्कारको नीति लिएको र प्रचारप्रसार गरेको भन्दै प्रहरीले पक्राउ गरेपछि बास्तोलाको हकमा शावित्री कुमारी वलीले बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएकी हुन् ।
यता मेडिकल व्यवसायी दुर्गा प्रसाईं भने तत्काल छुट्ने वा नछुट्ने भन्ने मंगलबार टुंगो लाग्ने भएको छ।
न्यायाधीश नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले प्रसाईंलाई पक्राउ गर्ने निर्णय सम्बन्धीका कागजात माग गर्दै मंगलबारलाई पेसी तोकेको छ।
उनी एकसातादेखि थुनामा रहेका छन् ।




प्रतिक्रिया