रविकाे प्रश्न- जनताको आवाज बाेल्दा माइक काट्ने पूर्वसभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ ?

रविकाे प्रश्न- जनताको आवाज बाेल्दा माइक काट्ने पूर्वसभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निवर्तमान सभामुख देवराज घिमिरेले जनताको आवाज उठाउँदा माइक काटेको आरोप लगाएका छन् ।

झापा–२ मा पुगेका लामिछानेले घिमिरेले सभामुख हुँदा रास्वपाका २१ जना सांसदलाई घाँटी न्याँकेर संसदबाट निकालेको आरोप लगाएका हन् ।

संसदमा भिजिट भिसाको छानबिन गर्न माग गर्दा घिमिरेले ‘बा’ को आदेश मानेर माइक काटेको बताएका हुन् ।

लामिछानेले जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ ? भनेर प्रश्न समेत गरेका छन् ।

उनले भने, ‘मलाई थाहा छैन, पूर्वसभामुख कुन मुख बोकेर भोट माग्दै हुनुहुन्छ । हामीले जनताको पक्षमा बोल्दा, नेपाली जनतालाई भिजिट भिसामा लाखौँ रूपैयाँ ठग्नेलाई कारबाही गर, आयोग बनाऊ, समिति बनाऊ भन्यौँ । हामीले जनताको आवाज बोल्यौँ । तर, कुन मुखले भोट माग्दै हुनुहुन्छ सभामुख, त्यो माइक काटिदिनुभयो । मैले रास्वपालाई गर्नुभएको व्यवहारको कुराकानी गरेको होइन । हामीले नेपाली जनताको आवाज उठाएका थियौँ । नेपाली जनता प्रत्येक दिन एयरपोर्टमा बेचिँदै थिए ।’

उनले सदनमा आफूहरूप्रति गरेको व्यवहारको जनताले जवाफ दिँदै पूर्वउपसभामुख इन्दिरा राना मगरलाई जिताउन आह्वान समेत गरे ।