टी-२० विश्वकप : पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा, आज श्रीलंका र न्युजिल्याड खेल्दै

टी-२० विश्वकप : पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा, आज श्रीलंका र न्युजिल्याड खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी टी–२० विश्वकपको सुपर–आठ खेलमा पाकिस्तानलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको छ । यो विश्वकपमा सेमिफाइनलमा पुग्ने इंग्ल्यान्ड पहिलो टोलि बनेको छ ।

श्रीलंकाको पल्लेकेलेमा मंगलबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई २ विकेटले हराउँदै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ६५ रनको लक्ष्य इंग्ल्यान्डले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो ।

इङ्ल्याण्डका कप्तान ह्यारी ब्रूकले ५१ बलमा एक सय रन बनाए । पाकिस्तानका शाहीन अफ्रिदीले ४ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । ओपनर शाहिबजादा फरहानले अर्धशतकसहित सर्वाधिक ६३ रन बनाए । इंग्ल्याान्डका लियाम डसनले ३ विकेट लिए ।

सुपर–आठको समूह २ मा रहेको इंग्ल्यान्डले यसअघि श्रीलंकालाई पराजित गरेको थियो । उसले २ खेलमा ४ अंक जोडेको छ ।
हारपछि पाकिस्तानको भने सेमिफाइनल पुग्ने सम्भावना लगभग सकिएको छ । अब श्रीलंकालाई हराएर अन्य नतिजामा पनि भर पर्नुपर्ने अवस्था छ ।

विश्वकपमा बुधबार श्रीलंका र न्युजिल्याडले खेल्दैछन् । यो खेल बेलुका सवा ७ बजे श्रीलंकाको आर।प्रेमादासा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।