रविले गरे जानकी मन्दिरमा पूजापाठ

रविले गरे जानकी मन्दिरमा पूजापाठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन एवम पूजापाठ गरेका छन् । बुधबार दिँउसो जनकपुरधाम पुगेका लामिछानेले धनुषाका विभिन्न क्षेत्रका उम्मेदवारहरुसंगै पूजापाठ गरेका हुन् ।

पूजापाठ सम्पन्न गरेर उनले जानकी चोकमा सम्बोधन गर्दै रास्वपाले अघिल्लो चुनावमा सुशासनको कुरा गरेपनि विभेदको कुरा गर्न चुकेको बताए ।

उनले यसपटक विभेदको अन्त्यसंगै सुशासनको स्थापनका लागि प्रतिबद्ध रहेको बताए । लामिछानेले आफ्ना उम्मेदवारहरुलाई जिताएर पठाउने जिम्मा जनताको र इमान्दारीपूर्वक काम गर्ने जिम्मा आफूहरुको भएको बताए ।

लामिछानेले जनकपुरधामको विघौविघा जग्गा गैरकानुनी रुपमा विक्री भएको प्रति रास्वपालाई जानकारी भएको बताए ।

नले मन्दिरको ती जग्गा किनबेच गर्नेलाई रास्वपाको सरकारले तह लगाउने र कानुनको दायरामा ल्याउने जानकारी दिए । रवि लामिछाने आजै महोत्तरीलगायत मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।