अनसन तोडाउन गृहमन्त्री अर्यालले खुवाए जुस

अनसन तोडाउन गृहमन्त्री अर्यालले खुवाए जुस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले माईतीघर मण्डलामा विभिन्न माग राखी आमरण अनसनरत घाइते जेनजी युवालाई जुस पिलाएर माला अर्पण गरी अनसन तोडाएका छन् ।

बुधबार राति माइतीघरमण्डला पुगेर मन्त्री अर्यालले विभिन्न माग राखी ५ दिनदेखि अनसनरत जेनजी युवालाई अनसन तोडाएका हुन् । घाइते जेनजी विजय अधिकारीको संयोजकमा लोकराज उपाअधिकारी, स्मृति राई र अशोक घोरासैनी अनसनरत थिए ।

सो अवसरमा गृहमन्त्री अर्यालले परिवर्तन, सुशासन कायम र मुलुकमा दिगो शान्ति र स्थिरताको पक्षमा आफू सधैँ प्रतिबद्ध रहेको बताउँदै अयिभानमा सबैको साथ जरुरी भएको उल्लेख गरे । उनले मुलुकलाई क्षति नहुने गरी लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै देश र नागरिकको पक्षमा पैरवी गर्न सचेत हुनुपर्नेमा जोड दिए ।

अनसनरत युवाले जेनजीको भावना बुझेर बेलैमा अनसन तोडाएकोमा गृहमन्त्री अर्यालको प्रशंसा गर्दै सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।