काठमाण्डु– साताको कारोबारको अन्तीम दिन सेयर बजार ६ अंकले बढेको छ । परिसूचक नेप्से २६५४ अंकमा कायम भएको छ ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ । अघिल्लो दिन ४ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ४ अर्ब १७ करोडको भयो ।
यसदिन १३७ कम्पनीको मूल्य बढ्दा ११८ को घट्यो भने ७ को स्थिर रह्यो ।
कारोबार रकमका आधारमा यसदिन अपी पावर, आँखुखोला जलविद्युत्, एसवाई प्यानल, ङादी ग्रुप, र रिडी पावर अगाडि रहे ।
साल्पा विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ भने रिलायन्स स्पिनिङ मिल्सको मूल्य ९.२६ बढेको छ ।
यस्तै सबैभन्दा धेरै श्रीनगर एग्रिटेकको मूल्य सबैभन्दा धेरै ३.६० प्रतिशत घटेको छ ।
यसदिन निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०९ प्रतिशत बढ्यो । साथै बैंकिङ ०.६४, विकास बैंक ०.१३, फाइनान्स ०.७१, हाइड्रोपावर ०.०५, लगानी ०.३५, जीवन बीमा ०.०३, अन्य ०.०५ तथा व्यापार ०.४६ प्रतिशत बढे ।
होटल तथा पर्यटन ०.१६, उत्पादन तथा प्रशोधन ०.४१ र माइक्रोफाइनान्स सूचक ०.२८ प्रतिशत घटे ।




प्रतिक्रिया