पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार दिउसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ, बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ, पहाडी भूभागमा

आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।