विचौलिया र नेताहरूको सिन्डिकेटबाट किसानलाई बचाउने पार्टी हो रास्वपा : बालेन

विचौलिया र नेताहरूको सिन्डिकेटबाट किसानलाई बचाउने पार्टी हो रास्वपा : बालेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले किसानले उत्पादन गरेको तरकारी फाल्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन् ।

शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले चितवनलाई तरकारीलाई कोल्ड स्टोरमा राख्ने हब बनाउनु पर्ने बताएका हुन्।

उनले किसानलाई केही नेता र विचौलियाले सिन्डिकेटमा पारेर देशबाहिरको तरकारी खुवाउने काम गरिरहेको आरोप समेत लगाए ।

‘एउटा समस्या रहेछ चितवनमा । जहाँ किसानले बाटोमा दूध पोखाएको, तरकारी फालेको देखिन्छ । त्यसमा किसानले बजार नपाउँदा र सहि मूल्य नपाउँदा यस्तो अवस्थाको सामना गरिरहनु भएको छ ।देशबासीलाई आफ्नै तरकारी खुवाउन जरुरी छ । किसानलाई सही मूल्य दिन जरुरी छ, केही सीमित विचौलिया, केही सीमित नेताहरूको सिन्डिकेटले पारी अनुदान नै अनुदानले कृषि हुन्छ, यसरी किसानलाई मार्ने काम रोक्नु जरुरी छ,तरकारीको कोल्ड स्टोरेजमा स्टोर गर्ने हब बन्न सक्छ, चितवन त्यो बनाउने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी,’ शाहले भने।

शाहले मुलुकको औद्योगिक अवस्था उल्लेख गर्दै देश अहिले मेसिन, जनशक्ति र स्रोत हुँदाहुँदै पनि सञ्चालनमा नआएको कारखाना जस्तो भएको टिप्पणी गरे । उद्योग–कलकारखाना पूर्ण क्षमतामा सञ्चालन गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।