काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार काठमाण्डुमा घण्टी अभियान सुरु गरेको छ ।
पशुपतिनाथ मन्दिरबाट सुरु भएको अभियान उपत्यकाका विभिन्न स्थान हुँदै साँझ बनस्थली चोकस्थित केन्द्रीय कार्यालय पुगेर समापन हुनेछ ।
अभियान अन्तर्गत दिनभरि काठमाण्डु उपत्यकाका विभिन्न स्थानहरूमा र्याली गरिनेछ ।
अभियानमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहलगायत नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता छ ।
अभियान चाबहिल, जोरपाटी, साँखु, मुलपानी, पेप्सीकोला हुँदै भक्तपुरको सानोथिमी, दुवाकोट, ब्यासी, कमलविनायक, जगाती र सूर्यविनायकसम्म चलाइने छ ।
यस्तै जडिबुटी, ग्वार्को, मंगलबजार, जावलाखेल हुँदै ललितपुरको पुल्चोकसम्म पुग्नेछ । दिउँसो २ बजेपछि कालिमाटी, टेकु, थापाथली, कीर्तिपुर, बल्खु, सतुंगल, चन्द्रागिरी, सितापाइला, स्वयम्भू, बालाजु, माछापोखरी, टोखा, बुढानीलकण्ठ, सुकेधारा, विशालनगर, बालुवाटार, नक्साल, माइतीदेवी, पुरानो बानेश्वर, नयाँ बानेश्वर, माइतीघर, पुतलीसडक, जमल, लैनचौर, सामाखुसी, गोङ्गबु हुँदै वनस्थली चोकमा पुग्ने तालिका बनाइएको छ ।











प्रतिक्रिया