काठमाण्डु – एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुन: सञ्चालनमा ल्याएको छ ।
पोखराको सिर्जना चोकमा रहेको सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोडपश्चात क्षतिपुगेपछि बन्द रहेको थियो ।
बिहीबार एक कार्यक्रममाझ मर्मतसम्भारपश्चात पुन: सञ्चालनमा ल्याइएको सेन्टरको उद्घाटन गरिएको छ । एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नूडल्सका एचआर अफिसर यम प्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन गरेका हुन् ।
सेन्टरमा क्षति पुगेर बन्द भएपछि कम्पनीले अस्थायी रूपमा ग्राहक सेवाहरू एक तल्लामाथि रहेको कार्यालयबाट प्रदान गर्दै आएको थियो ।
‘पोखरा सेन्टर बन्द हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । ग्राहकहरूलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्दै निरन्तर सेवा प्रदान गर्नका लागि पोखरामा एनसेल सेन्टर पुन: सञ्चालनमा ल्याउन पाएकोमा खुसी छौं,’ दाहालले भनिन् ।
कम्पनीले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ सेन्टर पुन:सञ्चालनमा ल्याएको छ ।

सेन्टरबाट ग्राहकहरूले सबै ग्राहक सेवा प्राप्त गर्न सक्छन् । ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्छन् । ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयूजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन् ।
एनसेलले भनेको छ, ‘पोखरा एनसेल सेन्टरको पुन:सञ्चालनले ग्राहकहरूलाई स्थानीय रूपमा विश्वस्तरीय सेवाहरू प्रदान गर्न कम्पनी सधैं प्रतिबद्धता रहेको पुष्टि गर्दछ ।’ ग्राहक सेवालाई अझ सहज र गुणस्तरीय बनाउन एनसेलले देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।




प्रतिक्रिया