काठमाण्डु – गोरखाका दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
प्रलोपाले फागुन २१ गते हुने निर्वाचनमा प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’लाई समर्थन गर्ने निर्णय गरेको हो ।
समानुपातिकतर्फ भने आफ्नै चुनाव चिह्न ‘आँखा’मा मतदान गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।
२ पार्टीबीच मिलेर जाने समझदारी अनुसार प्रलोपाले प्रतक्ष्यतर्फ कांग्रेसलाई सहयोग गर्ने निर्णयमा पुगेको अध्यक्ष खत्रीले बताए । प्रलोपाको हालै सम्पन्न बैठकले गोरखाका दुवै क्षेत्रमा कांग्रेसलाई सहयोग निर्णय गरेसँगै कांग्रेसले उक्त निर्णयको स्वागत गर्दै आभार प्रकट गरेको छ ।
यसअघि विक्रम सवत् २०७४ को चुनावमा डा. भट्टराईले कांग्रेससँग चुनावी तालमेल गरी गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । प्रलोपाले गोरखाको २ वटै क्षेत्रमा आफ्नो उम्मेदवारी दिएर फिर्ता गरेको छ ।




प्रतिक्रिया