काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूलाई हालको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनँले त्यहाँ रहेका नेपाली दूतावासहरूले जारी गरेको सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरे ।
नेता शाहले विशेषगरी मध्यपूर्वी एसियाका विभिन्न देशमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्बोधन गर्दै अहिलेको संवेदनशील समयमा सकेसम्म घरभित्रै सुरक्षित रहन र अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न सुझाव दिए । उनले स्थानीय सुरक्षा निकायले दिएका निर्देशनहरूलाई गम्भीरतापूर्वक लिन र आफ्नो नजिकै रहेको सुरक्षित आश्रयस्थलका बारेमा पूर्वजानकारी राख्न समेत अनुरोध गरेका छन् ।
यसैगरी शाहले भ्रमपूर्ण समाचारको पछि नलागी आधिकारिक सूचना र समाचारहरूमा मात्र विश्वास गर्न तथा सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासहरूसँग नियमित सम्पर्कमा रहन जोड दिए । मध्यपूर्वमा बढ्दो तनावबिच नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न र कुनै पनि अप्रिय स्थितिबाट जोगिनका लागि सुरक्षित र सजग रहन उनले आह्वान गरे ।




प्रतिक्रिया