इरानका सर्वोच्च नेता अली खामेनी मारिएको ट्रम्पको दाबी

इरानका सर्वोच्च नेता अली खामेनी मारिएको ट्रम्पको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी तेहरानमा भएको आक्रमणमा मारिएको दाबी गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममार्फत यस्तो दाबी गर्दै अमेरिका र इजरयलले संयुक्त रूपमा गरेको आक्रमणमा खामेनी मारिएको उल्लेख गरेका हुन् । उनले लेखेका छन् , ‘यस घटनाले इरानका नागरिक, अमेरिकी जनतालाई तथा विश्वका धेरै देशका मानिसहरूलाई न्याय मिलेको छ ।’

यसअघि अन्तर्राष्ट्रिय समाचार संस्था रायटर तथा इजरायली सञ्चारमाध्यमहरूले पनि ८६ वर्षीय खामेनी मारिएको दाबी गरेका थिए । अमेरिकी टेलिभिजन च्यानलहरूले समेत इजरायली एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै खामेनीको मृत्यु भएको जनाएको छ ।

संयुक्त आक्रमणपछि इरानको राजधानी तेहरानस्थित खामेनीको निवास पूर्ण रूपमा ध्वस्त भएको स्याटेलाइट तस्बिरमा देखिएको बताइएको छ । यद्यपि, उक्त दाबीबारे इरान सरकार वा स्वतन्त्र स्रोतबाट आधिकारिक पुष्टि भने सार्वजनिक भइसकेको छैन ।