मध्यपूर्वमा बढ्दो तनावका कारण सुनचाँदीकाे भाउ ह्वात्तै बढ्यो

मध्यपूर्वमा बढ्दो तनावका कारण सुनचाँदीकाे भाउ ह्वात्तै बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली बजारमा आइतबार सुनको भाउ ह्वात्तै बढेको छ। यसदिन सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो ।

शुक्रबार ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मध्यपूर्वमा बढ्दो तनावका कारण सुनको भाउ उकालो लागेको बताइएको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २ सय ४५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।