काठमाण्डु– भारतको महाराष्ट्रको नागपुरमा विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ।
आइतबार बिहान ६ः३० बजे एसबीएल एक्सप्लोसिभ्स कम्पनीमा भएको विस्फोटमा परी १८ जना घाइते भएका छन्।
घाइतेहरूको नागपुरको ओरेन्ज सिटी अस्पतालमा उपचार भइरहेको छ।
मुख्यमन्त्री देवेन्द्र फडणविसले मृतकका परिवारलाई जनही ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।
यो कम्पनी नागपुरबाट लगभग ४० किलोमिटर टाढा अवस्थित छ । यसले खानी र निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ र अन्य सामग्रीहरू उत्पादन गर्छ ।
यस कारखानामा ठूलो संख्यामा स्थानीय महिलाहरू काम गर्छन् । बिहानको सिफ्टमा महिलाहरू ड्युटीमा रहेको बेला विस्फोट भएको थियो । मृत्यु हुनेहरूमा ठूलो संख्यामा महिलाहरू रहेको बताइएको छ ।




प्रतिक्रिया