काठमाण्डु – सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरेको अभियोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ बस्ने २३ वर्षीय प्रकाश भट्टलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल टिकटकमा ‘झापामा बालेन साहमाथि गोली प्रहार’ लेखेर पोष्ट गरी भ्रामक सूचना सम्प्रेषण गरी समाजमा नकारात्मक तथा गलत सूचनाहरू प्रवाह गर्ने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डुबाट खटिएको प्रहरी टोलीले काठमाण्डु महानगरपालिका–५ डबली चोकबाट पक्राउ गरेको हो ।
उनीउपर जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया