गृहमन्त्री अर्याल बाजुरा पुगे, सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन

गृहमन्त्री अर्याल बाजुरा पुगे, सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा – गृहमन्त्री ओमप्रकाश अर्याल बाजुरा आएका छन् । गृहमन्त्री अर्याल निर्वाचनको सुरक्षाका विषयमा जानकारी लिन बाजुरा आएका हुन् ।

जेनजी आन्दोलनपछि मन्त्री भएका अर्याल पहिलोपटक बाजुरा आएका हुन् ।

फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्री अर्याल र जिल्लास्थित राजनीतिक दल, सञ्चारकर्मीबीच छलफल गरिएको थियो ।

छलफलका क्रममा गृहमन्त्री अर्यालले आफू चुनावी सरकारमा रहेकाले बाजुरा मात्र नभई देशैभर स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गरिने बताएका हुन् । बाजुरामा विगतका जस्ता घटना घट्न नदिन सुरक्षा व्यवस्था मजबुत पारिने बताए ।

बाजुरालाई संवेदनशील जिल्लाको रूपमा राखिएकाले निर्वाचन, निष्पक्ष र धाँधली रहित हुनेमा विश्वस्त रहन उनले आग्रह गरे । समग्र जिल्लाको निर्वाचन सुरक्षाबारे आफूले जानकारी लिएको र सोही अनुरूप सुरक्षा व्यवस्था मिलाइने बताएका हुन् ।

उनले राज्य संयन्त्रले मात्रै निर्वाचन सफल नहुने हुँदा सम्पूर्ण जिल्लाबासी नागरिकले आफ्नो जिल्लाको निर्वाचन आफैं सफल पार्न लाग्नुपर्ने कुरामा जोड दिए ।

उनले भने, ‘निर्वाचनलाई धाँधलीरहित बनाउन आवश्यक छ । बाजुरामा विगतका जस्ता घटना घटेको सुन्न नपाइयोस् । कानून कार्यान्वयनमा हामी खुट्टा टेक्छौँ । नियमको पालना गर्ने नागरिकले गर्नुपर्छ ।’

प्रमुख जिल्ला अधिकारी (सीडीओ) डोरेन्द्र निरौलाले आगामी निर्वाचन जस्ता घटना निर्वाचनमा नघट्ने प्रष्ट पारे ।

उनले जिल्लामा निर्वाचनको तयारी करीब अन्तिम चरणमा पुगेको बताएका हुन् । निर्वाचनलाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

गृहमन्त्री अर्यालसँगै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहित गृहसचिव सहितको उपस्थिति थियो ।