काठमाण्डु – संयुक्त अरब इमिरेट्स (युएई)मा इरानको आक्रमणमा मृत्यु भएका नेपाली नागरिकको पहिचान खुलेको छ।
नेपाली राजदूतावास, अबुधाबीका अनुसार मृतक गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन्।
दूतावासका अनुसार उनी मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए। जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाबारे संयुक्त अरब इमिरेट्सको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको दूतावासले जनाएको छ ।
परिस्थिति सहज भएपछि श्रेष्ठको पार्थिव शरीर छिटो स्वदेश पठाउने लगायतका प्रक्रियामा सहजीकरण गरिने पनि दूतावासले जनाएको छ ।
संवेदनशील अवस्थामा यूएइमा रहेको सम्पूर्ण नेपालीहरुलाई संयम्ता अपनाउन र सुरक्षित स्थानमा रहन दूतावासले आग्रह गरेको छ ।





प्रतिक्रिया