काठमाण्डु– रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना भएको छ ।
दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ। दुर्घटनामा सात जना घाइते भएका छन्।
घाइतेलाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ। घाइते कर्मचारीको परिचय खुलेको छैन।
रामेछाप नगरपालिका २ देउरालीको सितलादेवी मावि र वडा नं ३ साँघु टारको वडा कार्यालय मतदान केन्द्रका कर्मचारी र निर्वाचन सामाग्री लिएर गएको निसान कम्पनीको गाडी देउरालीको मतदान केन्द्रमा खटिएका कर्मचारी र निर्वाचन सामाग्री झारेर ब्याक गर्ने क्रममा दुर्घटनामा परको हो ।
दुर्घटना भएलगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार वेश खुर्कोटबाट सई रमेशबहादुर थापाको कमाण्डमा ११ जनाको टोली खटिएको छ ।




प्रतिक्रिया