रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा इरानले ड्रोन आक्रमण गरेको छ ।दूतावासको भवनमा दुईवटा ड्रोनबाट आक्रमण गरिएको साउदीको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

‘एक्स’मा विज्ञप्ति जारी गर्दै दूतावासले यसबाट आगलागी र सामान्य भौतिक क्षति भएको जनाएको छ।

सुरुआती रूपमा कुनै मानवीय क्षतिको विवरण नआएको समाचार संस्था सीएनएनले बताएको छ । सिएनएनका अनुसार आक्रमणपछि ठूलो विष्फोटको आवाज सुनिएको र आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो ।

आक्रमणबारे प्रतिक्रिया दिँदै डोनाल्ड ट्रपलेले न्युज नेसन सँग आफुहरुको प्रतिकार के हुनेछ भन्ने कुरा चाँडै थाहा पाउने बताएका छन् ।

शनिबार इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेर सर्वोच्च धार्मिक नेता अलि खामेनी मारिएपछि इरानले पनि खाडी मुलुकमा रहेका अमेरिकी सैनिक अखाडाहरुमा र इजरायलमा आक्रण जारी राखेको छ ।