रवि लामिछानेको भेरिफाइड फेसबुक पेज ‘गायव’

रवि लामिछानेको भेरिफाइड फेसबुक पेज ‘गायव’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज बन्द भएको छ ।

पटकपटक ह्याक गर्न प्रयास गरिएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै फेसबुक पेज मेटाद्वारा ‘लक’ गरिएको हो ।

लामिछानेको सचिवालयले अपिल जारी गर्दै पेज बन्द भएको र यसमा कुनै पनि अनधिकृत पोष्टहरु नआउने र आए आधिकारिक नहुने जनाएको छ ।

अपिलमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूको आधिकारिक फेसबुक पेजमा आज बिहानैदेखि बाह्य व्यक्तिहरूले अनाधिकृत पहुँच बनाएर ह्याक गर्न पटकपटक प्रयास गरेको जानकारी गराउँदछौँ ।’

सचिवालयले पेजबाट कुनै पनि शंकास्पद पोस्ट, सन्देश वा लिङ्कहरू सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्न पनि आग्रह गरेको छ ।