बानेश्वरमा फोहर बोक्ने टिप्परको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

बानेश्वरमा फोहर बोक्ने टिप्परको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नयाँ बानेश्वरमा टिप्परको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु भएको छ ।

मंगलबार बिहान बिजुलीबजारबाट तिनकुनेतर्फ गइरहेको ब. २ क ३२२९ नम्बरको फोहर बोक्ने टिपरले प्र. ३–००१ ब.९४५ को स्कुटरलाई ठक्कर दिँदा स्कुटर मा सवार बद्री कोइरालाको मृत्यु भएको हो ।

सुनसरीको इनरुवा नगरपालिका ५ घर भइ हाल भक्तपुरको लोकन्थली बस्दै आएका ४८ वर्षीय कोइराला भक्तपुरस्थित क्षयरोग केन्द्रका नासु रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका कोइरालालाई तत्काल उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

टिपर चालक गोरखाको भुम्लिचोक घर भएका २६ वर्षीय विकाश थापामगरलाई प्रहरीले पक्राउ गरेको छ ।