भोट हाल्न गाउँ फर्किँनेको लर्को (तस्वीरहरु)

भोट हाल्न गाउँ फर्किँनेको लर्को (तस्वीरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आउँदो बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोट हाल्नका लागि मतदाताहरु ठूलो संख्यामा गाउँ फर्किरहेका छन् ।

मंगलबार बिहानैदेखि विभिन्न काठमाण्डु उपत्यका भित्रका बसपार्कहरुमा बाहिरिनेहरुको भिड लागेको छ ।

कोटेश्वर, लोकन्थली, कलंकी, बल्खु र बालाजु माछापोखरी क्षेत्रमा काठमाण्डु उपत्यकाबाट बाहिरिनेहरुको संख्या उल्लेख्य देखिएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले ९ लाख मानिस बाहिरिने आँकलन गरेको छ ।