काठमाण्डु– सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला परेको छ । भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको हो ।
सडक छेउमा रातो प्लाष्टिकले बेरिएको प्रेसर कुकरमा ‘खतरा’ लेखिएको अवस्थामा संकास्पद वस्तु फेला परेको थियो । त्यसभित्र गोभर, नुन, माटो र बालुवा भेटिएको छ।
छिन्चुमा भेटिएको भनिएको प्रेस कुकुर भित्र गोभर, नुन, माटो र बालुवा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
सेनाको टोलीले डिस्पोजल गर्दा बम नभएको र भम्र सिर्जना गर्न राखिएको प्रहरीले जनाएको छ।
यस्तै कञ्चनपुरको पूर्वपश्चिम राजमार्गको कृष्णपुर नगरपालिका–२ वाणीस्थित राजमार्गमा २ वटा शंकास्पद झोला भेटिएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीसहित सशस्त्र प्रहरी, नेपाल आर्मीको टोली परिचालन गरिएको छ।
यस्तै आज बिहान विराटनगरमा पनि यस्तै शंकास्पद बस्तु फेला परेको थियो । झोलाभित्र पूजाआजा गरेर मन्साइएको माटोको सानो हाँडी थियो । हाँडीभित्र खरानी र अन्य पूजासामग्री राखिएको भेटिएकाे थियाे ।




प्रतिक्रिया