कतार र इरानमा रहेका नेपालीको विवरण संकलन सुरु, अनलाइन पोर्टल सार्वजनिक

कतार र इरानमा रहेका नेपालीको विवरण संकलन सुरु, अनलाइन पोर्टल सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा – मध्यपूर्वमा बढ्दो सैन्य तनाव र सुरक्षा चुनौतीबिच कतारस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका र इरानमा रहेका नेपाली नागरिकहरूलाई आफ्नो विवरण अनलाइनमार्फत प्रविष्ट गर्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले नेपाली नागरिकहरूको अवस्थाबारे जानकारी लिन र सम्भावित आपत्कालीन कार्यका लागि छुट्टै वेब पोर्टल निर्माण गरेको छ ।

दूतावासले सूचना जारी गर्दै कतार वा इरानमा बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरूलाई पोर्टलमा आफ्नो व्यक्तिगत र सम्पर्क विवरण भर्न अनुरोध गरेको हो । प्राप्त तथ्यांकले कुनै पनि संकटको घडीमा कुन नागरिक कहाँ र कस्तो अवस्थामा छन् भन्ने कुरा राज्यलाई थाहा हुने र सहायता पुर्‍याउन सहज हुने दूतावासको विश्वास छ ।

यसअघि नै परराष्ट्र मन्त्रालयले इरान र इजरायलको यात्रा स्थगित गर्न र मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आह्वान गरिसकेको छ । दूतावासले कतारमा रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा मापदण्डको पालना गर्न र आधिकारिक सूचनाको मात्र विश्वास गर्न समेत आग्रह गरेको छ ।