काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार काठमाण्डुको नारायणहिटीस्थित श्री उपत्यका पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणको दौरान प्रधानसेनापति सिग्देलले पृतना हेडक्वार्टरको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी लिएका छन् ।
यससँगै प्रधानसेनापति सिग्देलले विभिन्न चरणमा निर्वाचनका लागि सबै पृतनाहरूको तयारी सम्बन्धी स्थलगत निरीक्षण पूरा गरेर आ–आफ्नो जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका छन् ।





प्रतिक्रिया