कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हाल नेपालमा उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ ।

जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।