शंकास्पद वस्तुसहित नेकपाका उम्मेदवार पक्राउ

शंकास्पद वस्तुसहित नेकपाका उम्मेदवार पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गाडीमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

पर्साको पर्सागढी नगरपालिका–३ बड्नियार चोकमा चेकजाँचका क्रममा नेकपाका पर्सा–२ का उम्मेदवार मनोजकुमार चौधरीचौधरी सवार गाडीमा शंकास्पद वस्तु फेला परेको थियो। शंकास्पद वस्तु भेटिएपछि गाडीसहित त्यसमा सवार चार जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।

मंगलबार राति चेकजाँचका क्रममा चौधरी सवार गाडीको डिक्कीबाट बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको पर्साका प्रहरी प्रमुख नरेश राज सुवेदीले जानकारी दिए ।

उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीको निगरानीमा राखिएको र त्यसलाई डिस्पोजल गर्ने तयारी गरिएको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ।

गाडीमा उम्मेदवार चौधरीसँगै नेकपाका नेता सत्यनारायण चौधरी, रामेश्वर मण्डल र सुरज कार्की पनि थिए । गाडी चालक वीरगञ्ज–छपकैयाका मुन्ना अन्सारी रहेको प्रहरीले जनाएको छ।

हाल गाडीमा सवार सबै व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ।