टी-२० विश्वकप : पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका खेल्दै

टी-२० विश्वकप : पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको खेल हुँदैछ ।

खेल भारतको इडेन गार्डेन कोलकातामा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच दोस्रो पटक खेल हुन लागेको हो । दुवै टोली दोस्रोपटक टी–२० विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छन् ।

दोस्रो सेमिफाइनलमा बिहीबार साविक विजेता भारत र इङ्ल्याण्ड भिड्ने छन । फाइनल खेल आगामी आइतबार हुनेछ ।