काठमाण्डु – अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणमा परेर एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
अमेरिकाको ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सीले प्रकाशित गरेको एक रिपोर्टमा उक्त युद्धमा इरानमा बालबालिकासहित एक हजार भन्दा बढीको मृत्यु भएको बताएको छ ।
मानवअधिकारवादी समूहले कम्तीमा १,०९७ सर्वसाधारण मारिएको र जसमा १८१ जना बालबालिका रहेका रिपोर्ट जारी गरेको हो ।
ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सीका अनुसार १०० बालबालिकासहित ५,४०० भन्दा बढी सर्वसाधारण घाइते भएका छन्।
समूहले यो रिपोर्ट प्रारम्भिक भएको र रिपोर्ट गरिएका अन्य सयौँ मृत्युहरूको प्रमाणीकरण भइरहेको जानकारी दिएको छ।




प्रतिक्रिया