मतदान गर्न यी मध्ये कुनै एक परिचय पत्र भए पुग्ने

मतदान गर्न यी मध्ये कुनै एक परिचय पत्र भए पुग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा निर्वाचनको मतदान बिहीबार हुँदैछ। निर्वाचनमा मतदाताले आफ्नो परिचयपत्र खुल्ने कागजातमार्फत सहजै मतदान गर्न पाउनेछन् ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएमा विभिन्न ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न दिने व्यवस्था गरेको छ ।आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र भए सोही कागजात प्रयोग गरी मतदान गर्न सकिनेछ ।

यदि मतदाता परिचयपत्र छैन भने नागरिकताको प्रमाणपत्र, वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एउटा कागजातमार्फत् पनि मतदान गर्न सकिने छ ।

मतदान केन्द्रमा पुगेपछि महिला र पुरूषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको पनि आयोगले जनाएको छ ।

आयोगका अनुसार शारीरिक रूपमा अशक्त भएका, वृद्धवृद्धाहरू, गर्भवती महिला, सुत्केरी महिला र शारिरीक रूपमा आफैले आफ्नो मतदान गर्न नसक्ने व्यक्तिहरूको लागि विशेष व्यवस्था गरिदिएको छ ।

त्यस्ता व्यक्तिहरूले मतदान अधिकृत, सहायक मतदान अधिकृत वा खटिएका कर्मचारी तथा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्नेछन्।