चार दलले कटाए थ्रेसहोल्ड, रास्वपालाई कति मत ?

चार दलले कटाए थ्रेसहोल्ड, रास्वपालाई कति मत ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको परिणाम अन्तिम चरणमा पुग्दै गर्दा समानुपातिकतर्फको मतगणना अहिले पनि जारी छ । समानुपातिकतर्फ अब आठ निर्वाचन क्षेत्रको मात्र मतगणना बाँकी छ ।

समानुपातिकतर्फ हालसम् ८३ लाख ६ हजार ६९६ मत गणना सकिएको छ । प्रत्यक्षतर्फ अहिलेसम्म १२४ सिटमा जितेको रास्वपाले समानुपातिकतर्फ ४१ लाख १७ हजार २७८ मत पाएको छ ।

प्रत्यक्षतर्फ १७ सिटमा जित निकालेको नेपाली कांग्रेसले समानुपातिकमा १३ लाख ८२ हजार ३४२ मत पाएको छ ।

प्रत्यक्षमा अहिलेसम्म आठ सिट जितेको एमालेले समानुपातिकतर्फ ११ लाख ६५ हजार १५ मत प्राप्त गरेको छ ।

प्रत्यक्षमा सात सिट जितेको नेकपाले अहिलेसम्म समानुपातिकतर्फ ६ लाख तीन हजार ७८५ मत पाएको छ ।

त्यस्तै प्रत्यक्षमा तीन सिट जितेको हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले अहिलेसम्म समानुपातिकमा दुई लाख ९७ हजार ५९८ मत पाएको छ भने राप्रपाले अहिलेसम्म दुई लाख ८० हजार ४५८ मत मत पाएको छ ।

अहिलेसम्मको मत परिणाम अनुसार कुनै पनि मधेशी दलले समानुपातिकतर्फको थ्रेसहोल्ड कटाउने अवस्था देखिएको छैन । जसपाले अहिलेसम्म एक लाख २९ हजार ३३४ मत मात्रै पाएको छ ।

रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिकतर्फ थ्रेसहोल्ड कटाइसकेका छन् । श्रम संस्कृति पार्टी भने थ्रेसहोल्ड नजिकै छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फ एक करोड नौं लाख मत खसेको थियो । समानुपातिकतर्फ सिट पाउन खसेको मतमध्ये सदर मतको ३ प्रतिशत मत कटाउनु पर्छ ।

निर्वाचन आयोजले दिएको पछिल्लो मत परिणामअनुसार संखुवासभा, इलाम–१, अछाम–२, बाजुरा, गोरखा–१ र २, धनुषा–१ र २ मा मात्रै समानुपातिकको मत गणना शुरु हुन बाँकी रहेको छ ।

हालसम्म धनुषा–३, महोत्तरी–१, सर्लाही–२, बारा १, २, ३ र ४, रौतहट १, पर्सा १, २ र ४ को मतगणना सकिएको छ ।

रसुवा, सिन्धुली–१ र २, दोलखाको मतगणना सकिएको छ । यस्तै, कञ्चनपुर–१, २ र ३, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, कैलाली–१मा मतगणना सकिएको छ । यस्तै, ताप्लेजुङ, धनकुटा, झापा ३, मोरङ २, ३, ४ र ६, सुनसरी–३, तेह्रथुम, उदयपुर–२ को पनि मतगणना सकिएको छ ।

त्यस्तै गुल्मी–१, रोल्पा, रुकुम पश्चिम, बाँके–१, २ र ३, अर्घाखाँची, कपिलवस्तु–२, दाङ २ र ३, पर्वत, तनहुँ, कास्की, लमजुङ, नवलपरासी पूर्व १ र २, मुस्ताङ, म्यादी, स्याङ्जा–१, मनाङ, बाग्लुङ, काठमाडौँ १ देखि १० का सबै, भक्तपुर १ र २, ललितपुर १ र ३ मा पनि मतगणना सकिएको छ ।