एमालेको नेतृत्व परिवर्तनबारे तत्काल निर्णय हुने सम्भावना छैन : रामकुमारी झाँक्री

एमालेको नेतृत्व परिवर्तनबारे तत्काल निर्णय हुने सम्भावना छैन : रामकुमारी झाँक्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले पार्टीको मत घट्नुका कारणबारे बैठक बसेर समीक्षा गरिने बताएकी छन् ।

राष्ट्रिय सभाको सदस्यमा निर्वाचित भएकी झाँक्रीले पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेको मत घट्नुको कारणबारे पार्टीभित्र समीक्षा गरिने बताइन् ।

उनले भनिन्, ‘एमालेको मत घट्नुमा बैठक बसेर समीक्षा हुन्छ । बैठकको समीक्षाबाट नै यी कुराहरू बुझ्न सकिनेछ । हामी कहाँ चुक्यौँ, के गर्नुपर्थ्यो, जनताको अपेक्षा के थियो र के पूरा गर्न सकेनौँ भन्ने विषयमा समीक्षा गर्न बाँकी छ ।’

पार्टी नेतृत्व परिवर्तनको विषयमा तत्काल कुनै निर्णय नभएको पनि उनले स्पष्ट पारिन् । ‘तत्काल एमालेको नेतृत्व परिवर्तन हुन्छ वा हुँदैन भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन । यसबारे एजेण्डा नै बनेको छैन । पार्टीको बैठक बिना एजेण्डा बन्दैन,’ उनले भनिन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमाले तेस्रो स्थानमा झरेको छ । निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओली समेत बालेन शाहसँग पराजित भएका छन् ।