गगनलाई चन्द्र भण्डारीको सुझाव- पार्टीलाई औषधि खुवाउनुपर्ने बेला छ, छोडेर नहिँड्नु

गगनलाई चन्द्र भण्डारीको सुझाव- पार्टीलाई औषधि खुवाउनुपर्ने बेला छ, छोडेर नहिँड्नु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगन थापालाई राजीनामा भन्दा पनि जिम्मेवारी पुरा गर्न सुझाव दिएका छन् ।

उनले मंगलबार सामाजिक सञ्जालमा लेख्दै नैतिकताका नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त हुने बताएका हुन् ।

उनले लेखेका छन्, ‘अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन । त्यसैले गगनकुमार थापाज्यूले नैतिकताका नाममा राजीनामा दिनुभन्दा छिटो अधिवेशनमा जानु नै उपयुक्त, जिम्मेवार र समयसापेक्ष बाटो हो ।’

अहिले पार्टीलाई औषधि खुवाउनुपर्ने अबस्था रहेको बताउदै उनले भनेका छन् ‘यस्तो बेला पार्टीलाई औषधि खुवाउनुपर्ने हुन्छ, छोडेर हिँड्न हुँदैन। नैतिकता त नेपाली राजनीतिमा प्रायः मरीसकेको अवस्था छ, त्यसैले अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ विरुवा रोप्नैपर्छ। समस्या देखेर भाग्नु होइन, उपचार गरेर संगठन जोगाउनु नै साँचो नेतृत्वको कर्तव्य हो।’