इनिशा विकका लागि न्याय माग्दै माइतीघर मण्डलामा प्रदर्शन

इनिशा विकका लागि न्याय माग्दै माइतीघर मण्डलामा प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाले देशभर विरोध प्रदर्शन चर्किएको छ ।

घटनाको विरोधमा बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा सहभागीहरूले दोषीलाई कडा कारबाही गर्न र दलित समुदायमाथि भइरहेका हिंसात्मक घटनाको अन्त्य गर्न माग गरेका छन् । उनीहरूले ‘सरकार बदलियो समाज बदलिएन, महिला हिंसा अन्त्य गर, इनिशा विकलाई न्याय दे’ लगायतका व्यानर बोकेका थिए ।

देशभर महिलामाथि बढ्दो हिंसा, बलात्कार र हत्याका घटनाको विरोध गर्दै पीडितलाई न्याय दिलाउन युवाहरू र दलित अधिकारकर्मीले प्रदर्शन गरेका छन् ।