नेपालभाषा टाईम्सका पूर्वसम्पादक मानन्धरको अन्त्येष्टि

नेपालभाषा टाईम्सका पूर्वसम्पादक मानन्धरको अन्त्येष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भाषा आयोगका सदस्य एवंं नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको पार्थिक शरिरलाई इन्द्रायणी (लुती) घाटमा अन्त्येष्टि गरिएको छ ।

५९ वर्षीय मानन्धरको हृदयाघातका कारण मृत्यु भएको थियो । नेपाल भाषाको साप्ताहिक पत्रिका इनापबाट पत्रकारिता सुरु गरेका मानन्धर विश्वभूमि दैनिकको प्रकाशन गरेका थिए ।

सन्ध्या टाईम्स तथा नेपालभाषा टाईम्समा सम्पादकको जिम्मेवारीमा रहेका मानन्धरले अप्सरा फिल्म म्यागजिन, कोशल्वहं चिनाखँ स्वलापौ, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने थाय्भू पत्रिकाको सम्पादक मण्डलमा रहेर पनि काम गरेका थिए ।

२०४६ सालको जनआन्दोलनको समयमा वीर अस्पतालमा भर्ना भएका गणेशमान सिंहसँग लिएको अन्तर्वार्ताले चर्चित मानन्धर भएका थिए ।

नेपाल भाषा आन्दोलन, नेपाल संवत् आन्दोलन तथा नेवा: संस्कृतिसँग सम्बन्धित विभिन्न विषयमा मानन्धरका थुप्रै लेख प्रकाशित छन् । २०२३ कात्तिकमा जन्मिएका मानन्धरका श्रीमती र २ सन्तान छन् ।