चुनावी समीक्षामा बोल्दाबोल्दै ढले एमाले इन्चार्ज कृष्ण थापा, हृदयघातबाट मृत्यु

चुनावी समीक्षामा बोल्दाबोल्दै ढले एमाले इन्चार्ज कृष्ण थापा, हृदयघातबाट मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा बैठकमा बोल्दाबोल्दै ढलेका नेकपा एमाले कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको निधन भएको छ ।

बैठकमा ढलेर बेहोस भएका उनलाई मणिपाल मेडिकल कलेजले मृत घोषणा गरेको एमाले पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यले जानकारी दिए ।

बैठकमा ढलेका उनलाई उपचारका लागि तत्कालै मणिपाल मेडिकल कलेज पुर्‍याइएको थियो ।