काठमाण्डु – हप्ताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ ।
अघिल्ला २ कारोबार दिन लगातार घटेको बजार बिहीबार भने सुधारिएर बन्द भएको हो ।
बिहीबार नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ५.०१ अंक बढेको छ भने फ्लोट इन्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७२ अंकले वृद्धि भएका छन् ।
यसदिन कारोबार रकम पनि बढेको छ । बुधबार १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३५ स्टकका १ लाख ३० हजार १५ पटकको कारोबारमा १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँभन्दा बढीको ४ करोड १६ लाख ८६ हजार कित्ता शेयर किनबेच भएको छ ।
यस दिन सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेसनल हाइड्रोपावर कम्पनी र होटल फरेस्ट इनको शेयरमूल्य करीब १० प्रतिशत बढ्दा दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य करीब साढे ९ प्रतिशतले उकालो लागेको छ ।
कारोबार रकमका आधारमा नेसनल हाइड्रो पावर कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ६७ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । एचआईडीसीएल कम्पनीको करीब ५७ करोड र कुमारी बैंकको ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढ्दा ३ उपसमूह घटेका छन् ।
यस दिन बैंकिङ उपसमूह सर्वाधिक २.०२ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य उपसमूह भने सामान्य घटेका छन् ।




प्रतिक्रिया