अब ग्यास सिलिन्डर आधा मात्रै पाइने, मूल्य ९५५ रुपैयाँ (विज्ञप्तिसहित)

अब ग्यास सिलिन्डर आधा मात्रै पाइने, मूल्य ९५५ रुपैयाँ (विज्ञप्तिसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आयल निगमले शुक्रबारदेखि बजारमा आधा सिलिन्डर ग्यास मात्रै पठाउने भएको छ ।

निगमले अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउने बताएका छन् । आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा अर्थात् ९५५ रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यास माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले त्यसलाई सामान्य बनाउन आधा सिलिन्डर ग्यास वितरणको निर्णय गरिएको जनाइएको छ ।