काठमाण्डु – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।
सुनको मूल्य दुई हजार ८०० ले र चाँदीको मोल २० रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मोल प्रतितोला तीन लाख १४ हजार २०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ४९५ रूपैयाँ निर्धारण भएको छ।
बिहीबार एक तोला सुन तीन लाख १७ हजार र त्यति नै परिमाणको चाँदी पाँच हजार ५१५ मा कारोबार भएको थियो। गत बुधबार तीन लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० रूपैयाँ निर्धारण भएको थियो।
गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० रूपैयाँ निर्धारण भएको थियो। सोमबार एक तोला सुन तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४१० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ११८ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार हुँदै छ।




प्रतिक्रिया