विराटनगर – श्रम संस्कृति पार्टीले समानुपातिक सांसदमा ४ जनाको नाम सिफारिस गरेको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त मतका आधारमा पार्टीबाट समानुपातिकतर्फ ४ सांसद बन्दैछन् ।
पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको छ ।
पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खसआर्य महिलाबाट अम्बिका संग्रौला, दलितबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
पार्टीमा समानुपातिक सांसदका लागि धेरै दबाब आएपछि अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमै ‘भात खाऊ, मेरो टाउको नखाऊ’ भनेर लेखेका थिए ।




प्रतिक्रिया