वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरू भरिभराउ

वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरू भरिभराउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – पूर्वी चीनका पार्कहरूमा वसन्त ऋतुका फूलहरूले आगन्तुकहरूलाई निकै आकर्षित गरिरहेको छ ।

वसन्त ऋतुको हावा चलिरहेको बेला ढकमक्क फुलेका रंगीविरङ्गी फूलहरू हेर्नका लागि विभिन्न गतिविधिहरूले आगन्तुकहरूलाई थप आकर्षित गरिरहेको हो ।

वेन्झाउको माआन्ची पार्कमा, आगन्तुकहरूले ७५ विभिन्न प्रजातिका २ लाख ७० हजार ट्युलिपले सजिएका मार्गहरूमा टहलिरहेका भेटिन्छन् ।

पार्कमा ‘फूल देवीहरू’ परम्परागत हान पोशाकमा सजिएका युवतीहरू फोटो खिच्न र रमाउन व्यस्त देखिन्छन् ।

सांगीतिक कार्यक्रमहरू पनि भइरहँदा फूल अवलोकन सिजनको पहिलो दिन नै लगभग २५ हजार पर्यटकहरू ल्याउन सहयोग पुगेको छ ।

यता सांघाईमा १ महिना लामो चेरी फेस्टिवल आयोजना भइरहेको छ । पार्कमा पूर्ण रूपमा फुलेका चेरीका रूखहरू सजिएका भेटिन्छन् । (सीसीटीभीप्लस)