काठमाण्डु – विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गत कसूर मुद्दाका फरार प्रतिवादी काठमाण्डु महानगरपालिका–४ सुकेधारा बस्ने झापाको गौरादह नगरपालिका–५ घर भएका ४३ वर्षीय रविरत्न चुडाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
मुद्दामा फरार रहेका उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाण्डु महानगरपालिका–४ सुकेधाराबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि इलाका प्रहरी कार्यालय धरान सुनसरी पठाइएको छ ।




प्रतिक्रिया