समानुपातिकतर्फ बन्दसूचीको नाम पठाउन आयोगले दिएको समयसीमा आज सकिँदै

समानुपातिकतर्फ बन्दसूचीको नाम पठाउन आयोगले दिएको समयसीमा आज सकिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- समानुपातिकतर्फ क्लस्टर मिलाएर बन्दसूचीअनुसार नाम पठाउन निर्वाचन आयोगले दलहरूलाई दिएको समयसीमा आइतबार सकिँदैछ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको ११० सिटका लागि निर्वाचित हुने सांसदको नाम छान्न विभिन्न दलहरू गृहकार्यमा जुटेका छन् । समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका प्रत्यक्षतर्फ पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले)ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४ सिट पाएको छ ।

एमालेले शनिबार नै १६ जना समानुपातिक सांसदको टुङ्गो लगाउँदै नाम सार्वजनिक गरेको छ । यस्तै र श्रम संस्कृति पार्टीले पनि ४ जनाको नाम सार्वजनिक गरेको छ । बाँकी दलले आइतबार अन्तिम निर्णय गरी निर्वाचन आयोगमा पेस गर्नुपर्नेछ ।

दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारू तथा मुस्लिमको प्रतिनिधित्व हुने गरी बन्दसूचीमा नाम समावेश भएको क्रमअनुसार आयोगमा सूची बुझाउनुपर्ने हुन्छ ।

दलका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

समानुपातिक सांसद्को नाम छान्न रास्वपाले आइतबार सचिवालय बैठक बोलाएको छ । यस्तै कांग्रेसको पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । नेकपा र राप्रपा पनि नाम टुङ्गो लगाउने अन्तिम कसरतमा जुटेका छन् ।