काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवारको नाम छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसको बैठक बस्दैछ ।
आइतबार बिहान १० बजे रास्वपाको सचिवालय बैठक बस्दै छ। बैठक पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार सिफारीस सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ। साथै बैठकमा अन्य विविध विषयहरू पनि छलफल गरिनेछ।
यसअघि शनिबार बस्ने भनिएको सचिवालय बैठक सारेर आज बिहानका लागि तय गरिएको हो।
यस्तै नेपाली कांग्रेसले पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे बीपी स्मृति भवनस्थित केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने छ ।
बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा छलफल हुने छ।




प्रतिक्रिया