आज विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै

आज विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्व उपभोक्ता अधिकार दिवस आइतबार मनाइँदै छ । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रूपमा मनाउने गरिन्छ ।

यस वर्षको विश्व उपभोक्ता अधिकार दिवस २०२६ को विषयवस्तु सुरक्षित उत्पादन, आत्मविश्वासी उपभोक्ता भन्ने रहेको छ,

जसले उत्पादन सुरक्षाको लागि महत्त्वपूर्ण आवश्यकता, खतरनाक वस्तुविरुद्ध बलियो नियमन र भौतिक र डिजिटल बजार दुवैमा विश्वास निर्माणमा केन्द्रित छ ।

यस विषयवस्तुले सुरक्षित उत्पादनले आत्मविश्वासी उपभोक्तालाई डोर्‍याउने कुरालाई प्रकाश पार्छ ।

सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ ।

नेपालमा पनि विभिन्न उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।