सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेर ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा ३ लाख १४ हजार २०० रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्य पनि २२५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा ५ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ५ हजार ४९५ रुपैयाँ थियो ।