काठमाण्डु – सर्वोच्च अदालतले धनुषाको निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आईतबार न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै हाललाई निर्वाचन आयोगको निर्णय यथावत रहेको छ । आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उम्मेदवार मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिइसकेको छ ।
रास्वपा उम्मेदवार साहले निर्वाचन आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने अन्तरिम आदेश समेत माग गरी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।




प्रतिक्रिया