२२ करोड जरिवाना र ६ वर्ष कैद सजाय तोकिएर फरार भएका श्रेष्ठ पक्राउ

२२ करोड जरिवाना र ६ वर्ष कैद सजाय तोकिएर फरार भएका श्रेष्ठ पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् ।

६ वर्ष कैद र २२ करोड ६७ लाख रुपैयाँभन्दा बढी जरिवाना तोकिएका श्रेष्ठलाई प्रहरीको विशेष टोलीले आईतबार पक्राउ गरेको छ ।

काठमाण्डु महानगरपालिका–२४ वटु घर भई हाल नागार्जुन नगरपालिका–५ सीतापाइला बस्ने ६९ वर्षीय श्रेष्ठले फाइनान्सको कार्यकारी अध्यक्ष हुँदा निक्षेपकर्ता र संस्थाको हितविपरीत अनियमित एवं गैरकानुनी कार्य गरेको पुष्टि भएको थियो । नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा भएको अनुसन्धानपछि सम्मानित सर्वोच्च अदालतले २०८१ भदौ ५ गते उनलाई दोषी ठहर गर्दै फैसला सुनाएको थियो ।

सर्वोच्च अदालतले श्रेष्ठलाई २ वटा छुट्टाछुट्टै मुद्दामा सजाय सुनाएको थियो । उनले २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ ९ पैसा जरिबाना तिर्नुपर्ने र ६ वर्ष कैद भुक्तान गर्नुपर्ने फैसला भएको थियो । फैसलापछि फरार रहेका श्रेष्ठलाई प्रहरीले उनको हालको निवास सीतापाइलाबाटै नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आईतबार नै काठमाण्डु जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।