मध्यपूर्व तनावको असर : पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

मध्यपूर्व तनावको असर : पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मध्यपूर्वमा जारी युद्धको असर पेट्रोलियम पदार्थमा परेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य बढाएको हो ।

अमेरिका–इजरायल–इरानबीच देखिएको तनावका कारण मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।

निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विषम परिस्थितिका कारण बाध्यतावश मूल्य बढाउनु परेको हो। यसबाट उपभोक्तामा पर्ने असरप्रति निगम सचेत र संवेदनशील छ ।’

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसँगै नेपालमा पनि यसको प्रत्यक्ष असर देखिएको हो ।

पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा प्रतिलिटर १७१ रुपैयाँ र तेस्रो वर्गमा प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ ।

डिजेल र मट्टीतेल पहिलो वर्गमा प्रतिलिटर १४१ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा प्रतिलिटर १४३ रुपैयाँ र तेस्रो वर्गमा प्रतिलिटर १४४ रुपैयाँ पर्ने भएको छ ।

निगमले भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ ।